Rule 15
बिडीको उत्पादन तथा बिक्री वितरण
(१) बिडी उत्पादन गर्ने इजाजतपत्रवालाले सो बिडी उत्पादन गर्नको लागि खपत भएको कच्चा सूर्तिको हिसाब राखी बिडीको उत्पादन तथा बिक्री वितरण गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बिडीको उत्पादन गरी बिक्री गर्नु पूर्व अनूसूची –९ बमोजिमको निष्काशन माग फाराम अन्तशुल्क अधिकृत वा निजले तोकेको कर्मचारीबाट स्वीकृत गराएर मात्र निष्काशन गर्नु पर्नेछ ।